काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजको पहिलो खेलमा नेपालले हङकङविरुद्ध पहिलो बलमै विकेट लिएको छ ।
मोङ कोकमा घरेलु टोली हङकङविरुद्ध टस जितेर फिल्डिङ रोजेको नेपालका लागि करण केसीले पहिलो बलमै विकेट लिएका हुन् । हङकङका मार्टिन कोट्जे गुल्शन झाको हातबाट क्याच आउट भए ।
नेपाल दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, आसिफ शेख र सोमपाल कामी लगायतका पहिलो रोजाईका खेलाडी विना नै हङकङ पुगेको छ ।