प्रधानमन्त्री दाहालले फागुन ३० मा विश्वासको मत लिने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    प्रधानमन्त्री दाहालले फागुन ३० मा विश्वासको मत लिने

    खबरपुञ्ज संवाददाता

    २६ फाल्गुन २०८०, आईतवार

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही फाुगन ३० गते विश्वासको मत लिने भएका छन् ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले संसद सचिवालयलाई पत्र पठाएर विश्वासको मत लिने समयबारे जानकारी गराएका हुन् । त्यसअनुसार संसद सचिवालयले व्यवस्थापन गर्नेछ ।

    यसअघि, नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिए विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।