नारायण दाहालको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ओली, नेपाल र श्रेष्ठको निर्देशन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    नारायण दाहालको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ओली, नेपाल र श्रेष्ठको निर्देशन

    खबरपुञ्ज संवाददाता

    २८ फाल्गुन २०८०, मंगलवार

    काठमाडौ । राष्ट्रिय सभा अध्यक्षको लागि सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका सांसद नारायण दाहाललाई भोट दिन शीर्ष नेताहरूले निर्देशन दिएका छन् । 

    संसद् भवन नयाँ बानेश्वरमा मंगलवार एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एसका अध्यक्ष माधव नेपाल र नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले सांसदहरूलाई संयुक्त निर्देशन दिएका हुन् । 

    अध्यक्षको निर्वाचन हुने राष्ट्रिय सभाको बैठकअघि शीर्ष नेताले सांसदहरूलाई गठबन्धनका उम्मेदवारलाई जिताउन निर्देशन दिएका हुन् ।