गण्डकी प्रदेश सभा सदस्य राजिवले नेकपा एस त्यागे
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    गण्डकी प्रदेश सभा सदस्य राजिवले नेकपा एस त्यागे

    खबरपुञ्ज संवाददाता

    ४ चैत्र २०८०, आईतवार

    पोखरा । गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे)ले नेकपा एकीकृत समाजवादी पार्टी त्याग गरेको घोषणा गरेका छन्।

    उनले समाजवादी त्यागेर स्वतन्त्र साँसद कायम गर्न प्रदेश सभा सचिवालयलाई अनुरोध गरेका हुन्। मनाङ –ख) बाट सर्वसम्मत निर्वाचित भएका मनाङे पछि माधवकुमार नेपालको एकीकृत समाजवादी पार्टी रोजेका थिए।

    आइतबारबाटै लागू हुने गरेर दलीय आबद्धता त्यागेको गुरुङले जनाएका छन्। बिना कारण र अनयासै केन्द्रमा फेरिरहने गठबन्धनका कारण देशमा अस्थिरता मौलाउने भन्दै गण्डकीमा त्यस किसिमको परिस्थिति सृजना हुन नदिन आफु सधैं प्रतिवद्ध रहेको उनको भनाइ छ।

    केन्द्रकै गठबन्धन गण्डकीमा कायम रहदा पनि एमाले माओवादीको गठबन्धनलाई बहुमत पुर्याउन सहज अवस्था देखिंदैन। त्यसो हुंदा गण्डकी प्रदेशसभा विघटन हुने र मद्यावधिमा जान सक्ने खतरा देखिन्छ। आफू मद्यावधि चुनाव गरेर देशको ढुकुटी सक्ने कुराको विपक्षमा रहेको र अघिल्लो प्रदेश सभामा पनि विपक्षमै उभिएको उनको भनाइ छ।

    स्वतन्त्र रुपमा मनाङे जनताको मन जितेर निर्वाचित भएको र अब नेकपा एकीकृत समाजवादी दलको सांसदको मान्यता, संसदिय अभिलेख सच्चाई स्वतन्त्र सांसदको अभिलेख कायम गरिदिन प्रदेश सभा सचिवालयमा उनले निवेदन दिएका छन्।

    कानुन अनुसार सांसदले आबद्ध भएको छाडेमा दल त्याग सम्बन्धी प्रावधान आकर्षित भएर पद नै जान्छ। (देशसञ्चार डटकम)