होली खेल्दा यी कुरामा ध्यान दिनुहोस्
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    होली खेल्दा यी कुरामा ध्यान दिनुहोस्

    खबरपुञ्ज संवाददाता

    ६ चैत्र २०८०, बुधबार

    काठमाडौ । रङहरूको पर्व होली नजिक आइसकेको छ । नेपालमा पहाडी क्षेत्रमा आइतबार र तराईका क्षेत्रमा सोमबार होली पर्व मनाइने छ । 

    होली रंग र खुसीको पर्व हो । सबैलाई एक अर्कामा रङ दल्ने र एक अर्कामा आपसी भाइचाराको पर्वको रूपमा लिइन्छ । तर, कतिपयलाई रङको एलर्जी पनि हुन्छ । 

    यसै गरी रंगहरूमा पाइने विषाक्त पदार्थहरू तपाईँ हाम्रो मुख, नाक, कान आदिमा पर्दा यसले जोखिम पनि हुने भएकाले सभ्य तरिकाले होली पर्व मनाउनका लागि सार्वजनिक अपिल पनि गरिएको छ ।

    होलीको पूर्व सन्ध्यामा पनि मानिसहरू भेला भएर आगो बाल्ने  (होलिका दहन) गर्दछन् । त्यसरी आगो बाल्दा धुवाँका कणका कारण फोक्सोमा असर गर्दा स्वास फेर्न पनि अप्ठेरो हुने गर्छ ।

    होली खेल्न प्रयोग गरिने कृत्रिम रङ र विशेष गरी सुक्खा रंगमा विषाक्त रसायन र मट्टितेल हुन्छ जसले दमको रोग निम्त्याउन सक्छ । सबै परम्परागत रङहरूमा हानिकारक तत्त्वहरू हुन्छन् जसले धेरै स्वास्थ्य समस्याहरू निम्त्याउन सक्ने भएकाले ख्याल गर्नका लागि चिकित्सकहरूले पनि अनुरोध गरेका छन् ।

    होली खेल्दा ध्यान दिनुपर्ने कुराहरू

    १. फेस मास्क लगाउने

    दम वा अन्य कुनै रोग लागेका बिरामीले होली खेल्दा अनुहारमा मास्क लगाउनुपर्छ । तपाईँले नाक र मुख छोपिए पनि सास फेर्न सक्ने हुनुपर्छ भन्ने कुरामा ध्यान दिनुहोस् ।  

    २. रङ सँग खेल्नु हुँदैन

    होली रङको पर्व भए पनि अस्वस्थ मानिसहरूले सावधानी अपनाउनुपर्छ । मानिसहरूले हावामा सुक्खा रङहरू फ्याँकेका हुन्छन्, जसले कहिलेकाहीँ श्वासप्रश्वाससम्बन्धी रोगहरूबाट पीडित मानिसहरूलाई समस्या बनाउँछ । रंगहरूमा पाइने रसायनहरूले हाम्रो नाकको भित्री भागलाई जलन गराउँछ । 

    बेसार, गुलाब पाउडर, चुकन्दर र अन्य धेरै सामग्रीहरू जस्ता प्राकृतिक विकल्पहरू प्रयोग गरेर होली खेल्ने गर्दा केही हदसम्म यसबाट बच्न पनि सकिन्छ । चिकित्सकहरूले पनि कृत्रिम रंगको सट्टा प्राकृतिक र अर्ग्यानिक रंगले होली खेल्न सुझाव दिने गरेका छन् ।

    ३. जाँड रक्सीको सेवन नगर्नुहोस्

    रंगहरुको यो पर्व मनाउन कतिपयले जाँड रक्सीको प्रयोग गर्छन् । जाँड रक्सीको सेवनले यसै पनि स्वास्थ्यमा समस्या गर्ने भएकाले यसको विकल्पमा घरमा बनाएको फलफूल र तरकारीको जुस प्रयोग गर्दा स्वास्थ्यलाई पनि राम्रो गर्छ । (फरकधारबाट)