पोखरा । गण्डकी प्रदेश बास्केटबल संघको अध्यक्षमा धोजकुमार गुरुङ निर्वाचित भएका छन् ।
संघको पोखरामा भएको भेलाले गुरुङलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।
गुरुङ प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्षसमेत हुन् । उनी यसअघि कास्की जिल्ला बास्केटबल संघ अध्यक्ष थिए ।
संघको उपाध्यक्षद्वयमा किरण सापकोटा र कौशल्या गुरुङ, महासचिवमा विष्णुकुमार गुरुङ, सचिवमा सतिश राई र कोषाध्यक्षमा दिलीप गुरुङ छन् ।
यसैगरी सदस्यमा तनहुँका कृष्णकुमार श्रेष्ठ चयन भएका छन् । बास्केटबलका प्रशिक्षक रहेका उनी व्यास-२ निवासी हुन् । उनले दमौलीमा युवायुवतीलाई बास्केटबलको प्रशिक्षण दिँदै आएका छन् ।
सदस्यमा जगत राना, सोनाम गुरुङ, शौरभ केसी, विशाल राना, मिलन पाइजा पुन, प्रदीप रसाइली, कृपाश्वर गुरुङ चयन भएका छन् ।