कर्णाली पुलबाट १७ युवा हाम फाले, एक जना बेपत्ता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    कर्णाली पुलबाट १७ युवा हाम फाले, एक जना बेपत्ता

    खबरपुञ्ज संवाददाता

    १२ चैत्र २०८०, सोमबार

    काठमाडौ । होली मनाएर रमाइलो गर्दै कर्णाली पुलबाट नदीमा फाल हानेका १७ जना युवामध्ये एकजना बेपत्ता भएका छन् ।

    बेपत्ता हुनेमा कैलालीको चिसापानी ३० वर्षीय युवा लोकेन्द्र शाही छन् । 

    होली मनाउने क्रममा मदिरा सेवन गरेका युवाहरू पौडी खेल्ने उद्देश्यले कर्णाली पुलबाट फाल फालेका थिए । तीमध्ये एकजना भने बेपत्ता भएका हुन् । उनको खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दले जानकारी दिए ।