एसइइको तयारी पूरा, तनहुँमा ५४६२ परीक्षार्थी सहभागी हुँदै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    एसइइको तयारी पूरा, तनहुँमा ५४६२ परीक्षार्थी सहभागी हुँदै

    खबरपुञ्ज संवाददाता

    १३ चैत्र २०८०, मंगलवार

    दमौली । चैत १५ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइइ) को तयारी पूरा भएको छ । शिक्षा विकास तथा समन्वय इकाइ तनहुँले परीक्षाको सबै तयारी पूरा भएको जानकारी दिएको छ ।

    परीक्षालाई हाउगुजीको रुपमा नलिएर स्वच्छ सरल र मर्यादित रुपमा सञ्चालन गर्नमा सम्बन्धित सबैको रचनात्मक सहयोगको अपेक्षा गरिएको इकाइ प्रमुख उद्धवराज कट्टेलले बताए ।

    परीक्षाका लागि जिल्लामा २६ परीक्षा केन्द्र कायम गरिएको छ । परीक्षामा ५ हजार ४ सय ६२ परीक्षार्थी सहभागी हुँदैछन् ।