इलाम-२ उपनिर्वाचनका लागि माओवादीद्वारा उम्मेदवार सिफारिस
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    इलाम-२ उपनिर्वाचनका लागि माओवादीद्वारा उम्मेदवार सिफारिस

    खबरपुञ्ज संवाददाता

    १३ चैत्र २०८०, मंगलवार

    काठमाडौ । नेकपा (माओवादी केन्द्र) इलामले उपनिर्वाचनका लागि चार जनाको नाम सिफारिस गरेको छ।

    जिल्ला कमिटीले केन्द्रीय सदस्य तथा इलाम जिल्ला इन्चार्ज धिरेन्द्र शर्मासहित चार जना उम्मेदवारको नाम मंगलबार केन्द्रमा सिफारिस गरेको हो।

    सिफारिस हुने अरू नेताहरूमा प्रदेश कमिटी सदस्यहरू उर्मिला तामाङ, अनिल बराइली र ओम गुरूङ रहेको ईन्चार्ज शर्माले जानकारी दिए।

    इलाम-२ मा वैशाख १५ गते हुने उपनिर्चानका लागि एमालेले सुहाङ नेम्वाङको उम्मेदवारी टुंगो लगाइसकेको छ भने बाँकी दलहरू उम्मेदवार चयनको प्रक्रियामा छन्।