शनिबारसम्म मौसम सफा नहुने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    शनिबारसम्म मौसम सफा नहुने

    खबरपुञ्ज संवाददाता

    १५ चैत्र २०८०, बिहीबार

    काठमाडौं । अझै दुई/तीन दिन देशैभर मौसम सफा हुने सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पूर्वी नेपालका धेरैजसो भागमा पानी परे पनि पश्चिम नेपालमा बादल मात्र लाग्ने पूर्वानुमान छ ।

    मौसमविद शान्ति कँडेलले भनिन्, ‘आगामी दुई-तीन दिनसम्म देशैभर नै मौसम सफा हुन देखिन्न ।’

    अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ । अरब सागरबाट जलवाष्पयुक्त हावा नेपालसम्म आइपुगेकाले बादल लाग्ने र पानी पर्ने क्रम जारी छ । अहिले पनि देशभर आंशिकदेखि साधारणतया बदली छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षासमेत भइरहेको छ ।