छिम्केश्वरी माविद्वारा विद्यार्थी खोज्न घरदैलो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    छिम्केश्वरी माविद्वारा विद्यार्थी खोज्न घरदैलो

    खबरपुञ्ज संवाददाता

    १९ चैत्र २०८०, सोमबार

    दमौली । जिल्लाको आँवुखैरेनी गाउँपालिका स्थित छिम्केश्वरी माध्यमिक विद्यालयले विद्यार्थी खोज्न घरदैलो अभियान सञ्चालन गरेको छ । विद्यालयमा दुई सिफ्टमा परीक्षा चलिरहेको अवस्थामा विहान र बेलुका शिक्षकहरु खटाएर विद्यालय सेवा क्षेत्र भित्र घरदैलो अभियान सञ्चालन गरिएको विद्यालयका सहायक प्रधानाध्यापक एवँ सूचना अधिकारी काशीनाथ देवकोटाले जानकारी दिए ।

    गाउँमा रहेको सामुदायिक विद्यालयमा अध्ययन नगरेर अन्यत्र जानुपर्नाको कारण र बाहिर जाने विद्यार्थीको विवरण सँकलन गरिएको उहाँको भनाई छ । विद्यालय सेवा क्षेत्र भित्र रहेका घ्यानसिँ, अक्लाङ, भाँगे,रसौली, लगायतका क्षेत्रमा घरदैलो अभियान गरिएको अर्का शिक्षक एक बहादुर आलेले बताए ।

    विद्यालय सेवा क्षेत्र भित्र जाने विभिन्न कारणहरु पत्ता लागेको र त्यसका समस्याहरु समाधान तर्फ विद्यालय अग्रसर भएको सूचना अधिकारी देवकोटाको भनाई छ । पारिवारिक कारणले अर्को विद्यालयमा पढ्ने कुरा विद्यालयले समाधान गर्न सक्ने विषय नभएपनि गाउँको विद्यालयमा भैरहेको शैक्षिक सुधारका प्रयासहरु बारे जानकारी गराई विद्यार्थी आकर्षण गर्ने काम भइरहेको उनको भनाइ छ ।

    विद्यालयले अतिरिक्त कार्यक्रम लगायत निर्माणात्मक सुधारका कामहरु पाठ्यक्रमले तोके भन्दा धेरै नै गर्दै आइरहेको र यसमा विद्यार्थी र अभिभावक सक्रिय भई सिकाइमा अर्जुनदृष्टि लगाउनुपर्ने आवश्यकता रहेको उनले बताए । स्थानीय तहले शिक्षाको सुधार गर्नका लागि गरेका प्रयासहरुलाई नागरिकहरुले महत्वका साथ बुझ्नुपर्ने देवकोटाको भनाई छ ।