राष्ट्रिय युवा सङ्घ कप २०८० को उपाधि घिरिङ-५ ले जित्यो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    राष्ट्रिय युवा सङ्घ कप २०८० को उपाधि घिरिङ-५ ले जित्यो

    खबरपुञ्ज संवाददाता

    २० चैत्र २०८०, मंगलवार

    दमौली । राष्ट्रिय युवा संघ नगर कमिटी भिमादले आयोजना गरेको वडास्तरीय भलिवल प्रतियोगिताको उपाधि घिरिङ गाउँपालिका-५ ले जितेको छ ।

    सोमबार भएको फाइनल खेलमा शुक्लागण्डकी नगरपालिका-१२ लाई ३–० को सोझो सेटमा पराजित गर्दै घिरिङले उपाधि जितेको हो । घिरिङले पहिलो र दोस्रो सेट समान २५–१९ ले तेस्रो सेट २८–२६ ले जितेको हो । तेस्रो सेट निकै रोमाञ्चक बनेको थियो ।

    १२–७ को अवस्थाबाट पुनरागमन गर्दै शुक्लागण्डकीले २०–२० को बराबरी गर्दै २४–२३ को अग्रता बनाएको थियो । तर दुई पटक सेट पोइन्ट प्राप्त गरे पनि अन्नत: शुक्लागण्डकीले घिरिङलाई नतिजा सुम्पिएको थियो ।

    विजेता घिरिङले नगद रु ७० हजार र उपविजेता शुक्लागण्डकीले रु ४० हजार पुरस्कार हात पारेको छ । विजेतालाई राष्ट्रिय युवा संघका केन्द्रीय महासचिव सुमन गिरी, भिमाद नगरपालिका उपप्रमुख शारदा खनाल लगायतले पुरस्कार प्रदान गरेका थिए । प्रतियोगितामा भिमाद, शुक्लागण्डकी, म्याग्दे, हरिनास, घिरिङ र चापाकोटबाट गरी २० वडाको सहभागिता रहेको थियो ।