


काठमाडौ । नेपाल वायु सेवा निगमको वाइडबडी विमान खरिदमा अनियमितता गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
२०७४ सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रहेको समयमा वाइडबडी खरिदमा निर्णय गराउने शाही लगायत ३२ जनाविरुद्ध बिहीवार भ्रष्टाचार मुद्दा दायर भएको हो ।