इलाम-२ मा नेपाली कांग्रेसका खड्काको उम्मेदवारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    इलाम-२ मा नेपाली कांग्रेसका खड्काको उम्मेदवारी

    खबरपुञ्ज संवाददाता

    २४ चैत्र २०८०, शनिबार

    इलाम । नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले इलाम-२ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन्।

    इलामका सहायक निर्वाचन अधिकृत इन्द्र श्रेष्ठका अनुसार खड्काको उम्मेदवारी केही बेरअघि दर्ता भएको हो। त्यसअघि एमालेका सुहाङ नेम्बाङले उम्मेदवारी दर्ता गराएका थिए।

    यहॉ वैशाख १५ गते उपनिर्वाचन हुँदैछ ।