गण्डकीमा ३१ सांसदको हस्ताक्षर सहित दाबी पेश गरिदै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गण्डकीमा ३१ सांसदको हस्ताक्षर सहित दाबी पेश गरिदै

    खबरपुञ्ज संवाददाता

    २५ चैत्र २०८०, आईतवार

    पोखरा । गण्डकी प्रदेशमा एमालेका नेता खगराज अधिकारीको नेतृत्वमा सरकार गठन गर्न दाबी  गर्ने भएको छ । एमाले, माओवादी र स्वतन्त्र सांसद राजीव गुरुङको समर्थनमा मुख्यमन्त्री दाबी गर्न लागिएको हो । 

    यसमा सभामुखको समेत सङ्ख्या गनिएको छ । कोशीमा सभामुख सहित सङ्ख्या गनेर दाबी गर्दा पछि अदालतले उक्त सरकार उल्ट्याइदिएको थियो । त्यही घटना गण्डकीमा पनि दोहोरिने देखिएको छ । 

    एमालेका २२, माओवादीका सभामुख सहित ८ र स्वतन्त्र सांसद दीपक मनाङे गरी ३१ सिट पुग्छ । दलको सिट सङ्ख्याका आधारमा बहुमत पुर्याएर दाबी गर्न लागिएको अधिकारीले बताए । (रातोपाटी)