तेस्रो पटक मन्त्री बने तनहुँका चुमान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    तेस्रो पटक मन्त्री बने तनहुँका चुमान

    खबरपुञ्ज संवाददाता

    २५ चैत्र २०८०, आईतवार

    पोखरा । तनहुँ-१ (२) का प्रदेश सांसद हरिबहादुर चुमान तेस्रो पटक गण्डकी प्रदेशका मन्त्री बनेका छन् । खगराज अधिकारीको नेतृत्वमा आइतबार गठित मन्त्रिमण्डलमा चुमान मन्त्री बनेका हुन् ।

    चुमानले यसपटक गण्डकीमा जसरी पनि माओवादीले नेतृत्व पाउनुपर्ने भन्दै केन्द्रसम्मै दबाब दिए पनि असफल भएका थिए । यसअघि पनि पटक पटक मुख्यमन्त्रीको दाबी गरेर नपाएका माओवादी संसदीय दलका नेता चुमान गण्डकीमा दोस्रो कार्यकालसम्म आइपुग्दा तेस्रो पटक मन्त्री बनेका हुन् ।

    गत पुस २६ गते एमाले–माओवादीकै सरकारमा खगराज मुख्यमन्त्री हुँदा चुमान भौतिक पूर्वाधार मन्त्री बनेका थिए । त्यो बेला पनि चुमानले मुख्यमन्त्रीको दाबी गरेका थिए । यसअघि पृ्थ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा चुमान आन्तरिक मामिला मन्त्री बनेका थिए ।