गण्डकीका मुख्यमन्त्री नियुक्ति विरुद्धमा सर्वोच्चमा रिट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    गण्डकीका मुख्यमन्त्री नियुक्ति विरुद्धमा सर्वोच्चमा रिट

    खबरपुञ्ज संवाददाता

    २६ चैत्र २०८०, मंगलवार

    काठमाडौ । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति बदर माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। पूर्वमुख्यमन्त्री सुरेन्द्र पाण्डेले सर्वोच्चमा रिट दर्ता गरेका हुन्।

    गण्डकी प्रदेशका मुख्य न्यायाधीवक्ता चिरञ्जीवी शर्मा पौडेलले सोमबार सर्वोच्च अदालतमा रिट दायर भएको पुष्टि गरे। ‘मुख्यमन्त्रीको  नियुक्ति बदर गर्नुपर्ने मागसहित रिट दायर गरेका छौं। अहिले पेसीको लागि छलफल भइरहेको छ। भोलि नै पेसी तोक्नुपर्छ भनेका हौं,’ उनले भने। 

    एमाले संसदीय दलका नेता अधिकारी आइतबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए। प्रदेश प्रमुख डिल्लीराज भट्टले अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए। अधिकारीले भट्टसँग शपथ खाएर अरू दुई बिना विभागीयमन्त्री पनि नियुक्त गरिसकेका छन्।