बिहीबार सार्वजनिक बिदा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    बिहीबार सार्वजनिक बिदा

    खबरपुञ्ज संवाददाता

    २८ चैत्र २०८०, बुधबार

    काठमाडाै । इस्लाम धर्मावलम्बीहरूको पर्व ईद-उल फित्र (ईद)का दिन सरकारले सार्वजनिक बिदा दिएको छ। 

    बिहीबार पर्ने उक्त ईदको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको गृह मन्त्रालयका सहसचिव रूद्रप्रसाद पण्डितले जानकारी दिए।

    गत वर्ष चैत २ गते प्रकाशित राजपत्रको सूचना अनुसार नै बिदा दिइएको हो। यसअघि मुस्लिम आयोगले पनि बिहीबार ईद रहेको बताउँदै बिदाका लागि सरकारसँग अनुरोध गरेको थियो।

    433916742_996524065385569_2968749301985910158_n-1712735564.jpg