पिएसजीको मैदानमा बार्सिलोनाको जित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    पिएसजीको मैदानमा बार्सिलोनाको जित

    खबरपुञ्ज संवाददाता

    २९ चैत्र २०८०, बिहीबार

    काठमाडौं । स्पानिस क्लब बार्सिलोनाले युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनल पहिलो लेगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई उसैको मैदानमा ३-२ ले पराजित गरेको छ ।

    अवे मैदानमा प्राप्त यस जितले बार्सिलोनाको लागि घरेलु मैदानमा हुने दोस्रो लेगमा केही सहज बन्नेछ ।

    पेरिसस्थित पार्क डे प्रिन्समा भएको खेलमा राफिन्हाको गोलमार्फत बार्सिलोनाले ३७औं मिनेटमा अग्रता लिएको थियो । पहिलो हाफमा अग्रता कायम गरेको बार्सिलोनाले दोस्रो हाफको सुरुवातमै दुई गोल खायो । ४८औं मिनेटमा बार्सिलोनाकै पूर्व खेलाडी उसमान डेम्बेले तथा ५१औं मिनेटमा भिटिन्हाले गोल गरेपछि पीएसजीले खेलमा २-१ को अग्रता बनाएको थियो ।