सुनको मूल्यमा फेरि रेकर्ड
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सुनको मूल्यमा फेरि रेकर्ड

    खबरपुञ्ज संवाददाता

    २९ चैत्र २०८०, शुक्रबार

    काठमाडौ । बिहीबार घटेको सुनको मूल्यले फरी नयाँ रेकर्ड बनाएको छ।  

    शुक्रबार नेपाली बजारमा सुन (छापावाल) को मूल्य प्रतितोला एक लाख ३९ हजार रूपैयाँ पुगेको छ। 

    पछिल्लो समय लगातार बढेर मूल्यमा रेकर्ड बनाइरहेको सुनको मूल्य बिहीबार भने घटेको थियो। 

    बुधबार प्रतितोला एक लाख ३६ हजार आठ सय रूपैयाँमा कारोबार भएको सुन बिहीबार एक लाख ३६ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो। 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन भने प्रतितोला एक लाख ३८ हजार तीन सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। 

    अहिले विश्वका विभिन्न केन्द्रीय बैंकहरूले सुनको खरीदारी बढाएका कारण मूल्य बढिरहेको छ।