सुदरपश्चिमको मुख्यमन्त्री नेकपा एसले पाउने समझदारी, चाैधरीलाई दिएकाे समर्थन साेडारीले लिए फिर्ता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सुदरपश्चिमको मुख्यमन्त्री नेकपा एसले पाउने समझदारी, चाैधरीलाई दिएकाे समर्थन साेडारीले लिए फिर्ता

    खबरपुञ्ज संवाददाता

    ४ बैशाख २०८१, मंगलवार

    कैलाली । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नेकपा एकीकृत समाजवादीलाई दिने विषयमा बालुवाटारमा प्रारम्भिक सहमति भएको छ । मुख्यमन्त्रीमा दावी गर्दै आएको नागरिक उन्मुक्ति पार्टी (रञ्जिता समूह) लचक बनेपछि नेकपा एसले पाउने तय भएकाे हाे ।

    प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका सम्मानित नेता झलनाथ खनाल बीच सुदूरपश्चिममा नेकपा उसलाई मुख्यमन्त्री दिने प्रारम्भिक सहमति भएको बालुवाटार स्रोतले जानकारी दियो ।

    सुदूरपश्चिम प्रदेशमा २ गते नागरिक उन्मुक्ति पार्टीका दुई सांसदले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । नागरिक उन्मुक्ति पार्टीका दुवै सांसदले मुख्यमन्त्रीमा दाबी गरेपछि सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले केही समय परामर्शको लागि समय मागेका थिए ।

    नाउपा संरक्षक रेशम चौधरी काङ्ग्रेससँग सरकार बनाउन चाहन्छन् भने अध्यक्ष रन्जिता श्रेष्ठ केन्द्रकै गठबन्धनलाई यता पनि निरन्तरता दिने पक्षमा छिन् । चैत २ गते रेशम चौधरी कामचलाउ मुख्यमन्त्री कमलबहादुर शाहको सरकारी निवासमा बसेर वैकल्पिक गठबन्धनको सरकार बनाउन प्रयास गरेका थिए ।

    रेशम चौधरीले कांग्रेसको साथ नछोड्ने र नेकपा एकीकृत समाजवादीले पनि सुदूरपश्चिम प्रदेश नपाउने भएपछि सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री नियुक्ति प्रक्रिया गिजोलिएको थियो ।

    आज केन्द्रमा सत्ता गठबन्धनका दलहरूबीच नेकपा एकीकृत समाजवादीलाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री दिने समझदारी गरेपछि नागरिक उन्मुक्ति पार्टीका दुबै जना हिस्स हुने देखिएको छ ।

    यसैबीच नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीले सुदूरपश्चिम प्रदेशमा यस अघि नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण किशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिएका छन् । सोडारीले समर्थन फिर्ता लिएसँगै अब लक्ष्मण चौधरीले बहुमत पुर्याउन सक्ने छैनन् ।