बार्सिलोनालाई पराजित गर्दै पिएसजी सेमिफाइनलमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    बार्सिलोनालाई पराजित गर्दै पिएसजी सेमिफाइनलमा

    खबरपुञ्ज संवाददाता

    ५ बैशाख २०८१, बुधबार

    काठमाडौ । फ्रेन्च क्लब पिएसजी युरोपियन च्याम्पियन्स लिगको अन्तिम चरणमा प्रवेश गरेको छ।

    मंगलबार राति स्पेनिस क्लब बार्सिलोनालाई क्वाटरफाइनलको दोस्रो लेगमा ४-१ गोलले पराजित गर्दै पिएसजी अन्तिम चारमा पुगेको हो।

    पहिलो लेगमा ३-२ गोलले पराजित भए पनि पिएसजी समग्रमा ६-४ गोलले अघि रह्यो।

    मंगलबार राति पिएसजीका लागि डेम्बेले र भेटिन्हाले एकएक गोल गर्दा एमबाप्पेले दुई गोल गरे।

    बार्सिलोनाका लागि राफिन्हाले सुरुवातमै गोल गरे पनि २९ मिनेटमा अराउजोले रातो कार्ड पाउँदा बार्सिलोनालाई दबाब भएको थियो।

    जसका कारण पिएसजीले बार्सिलोनाको घरेलु मैदानमा चार गोल गर्न सफल भयो।