दमौली । व्यास नगरपालिका-३ स्थित दुर्गा भवानी मन्दिर संरक्षण समितिमा नयॉ नेतृत्व चयन भएको छ । शनिबार सम्पन्न भएको सातौ साधारण तथा छैठौ अधिवेशनबाट समितिको अध्यक्षमा केशकुमार राना मगर चुनिएकी छन् ।
समितिको उपाध्यक्षमा शंकरकुमार श्रेष्ठ, सचिवमा ठाकुरप्रसाद पौडेल, कोषाध्यक्षमा कोपिला थापा र सदस्यहरुमा पुष्प श्रेष्ठ, मन्दिरा श्रेष्ठ, पवित्रा थापा, राजकुमार परियार, निर्मला जोशी, योगिता कायस्थ र टिकी गिरी चयन भएका छन् ।
कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, वडाध्यक्ष अनुप राना, पूर्व नगरप्रमुख ताराप्रसाद श्रेष्ठ, व्यास-२ का वडाध्यक्ष काशीराम श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।