दमौली । लायन्स क्लव अफ ऑबुखैरेनी सिटीमा नयॉ नेतृत्व चयन भएको छ । शुक्रबार सम्पन्न क्लवको आठौ वार्षिक साधारणसभाबाट वर्ष २०२४/२५ का लागि नयॉ नेतृत्व चयन भएको छ ।
जसअनुसार क्लवको अध्यक्षमा सविता भट्टराई, प्रथम उपाध्यक्षमा निरज श्रेष्ठ, द्वितीय उपाध्यक्षमा गोविन्दप्रसाद खनाल, तृतीय उपाध्यक्षमा गणेश श्रेष्ठ, सचिवमा प्रतापबाबु थापा, सहसचिवमा अपेक्षा श्रेष्ठ चुमान, कोषाध्यक्षमा राजन ढकाल र सहकोषाध्यक्षमा अस्मिता अधिकारी चयन भएका छन् ।