लियो कपको उपाधि लायन्स क्लव अफ तनहुँ दमौलीले जित्यो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    लियो कपको उपाधि लायन्स क्लव अफ तनहुँ दमौलीले जित्यो

    खबरपुञ्ज संवाददाता

    १५ बैशाख २०८१, शनिबार

    दमाैली । लियो क्लव अफ तनहँुले आयोजना गरेको छैटौ लियो कप सेभेन ए साइड फुटबल प्रतियाेगिताकाे उपाधि लायन्स क्लव अफ तनहुँ दमौली जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा रोट¥याक्ट क्लव अफ दमौलीलाई पराजित गर्दै लायन्सले उपाधि जितेको हो ।

    निर्धारित समयमा दुवै टिमबाट एक÷एक गोल भएपछि खेल ट्राइबेकरमा पुगेको थियो । ट्राइबेकरमा लायन्स २–१ ले विजयी भएको आयोजना लियो क्लवका प्रथम उपाध्यक्ष सागर घिमिरेले जानकारी दिए ।

    उपाधिसँगै लायन्सले नगद रु २५ हजार पाँच सय ५५ प्राप्त गरेको छ । उपविजेता रोट¥याक्टले रु १५ हजार ५ सय ५५ मा चित्त बुझायो ।

    शनिबार नै भएको सेमिफाइनलमा जेसीआई व्यास नगरलाई पराजित गर्दै रोट¥याक्ट क्लव फाइनल पुगेको थियो । त्यस्तै लायन्स क्लव अफ तनहुँ भानुभक्तलाई पराजित गर्दै लायन्स क्लव अफ तनहुँ दमौली फाइनल पुगेको थियो ।

    विजेतालाई व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा आठ वटा टिमको सहभागिता थियो ।