इलाम-२ मा मतगणना सुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    इलाम-२ मा मतगणना सुरु

    खबरपुञ्ज संवाददाता

    १६ बैशाख २०८१, आईतवार

    काठमाडौ । इलाम २ को उपनिर्वाचनको मतगणना सुरु भएको छ।  सर्वदलीय बैठकको निर्णयअनुसार मतगणना सुरु गरिएको हो। मतगणना इलाम नगरपालिका– ७ स्थित गौतमबुद्ध सभागृहमा हुँदैछ। अहिले मतपेटिकाको सिल खोल्ने काम भइरहेको छ।

    मत भण्डार कोठामा राखेको क्रमअनुसार फाकफोकथुम गाउँपालिकाको मतपेटिकाबाट गणना सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। त्यसपछि चुलाचुली, माङसेबुङ गाउँपालिका, माई, देउमाई र इलाम नगरपालिकाको क्रमशः गणना गरिने जनाइएको छ।

    इलाम २ मा करिब ६० प्रतिशत मत खसेको छ। शनिबार भएको मतदानमा कुल एक लाख १५ हजार ८८९ मतदातामध्ये ६९ हजार २८७ मत खसेको मुख्य निर्वाचन अधिकृत केशव घिमिरेले बताए। जसमा महिला मतदाता ३४ हजार १५० र पुरुष मतदाता ३५ हजार १३५ रहेको उनले बताए।