इलाम-२ : एमालेका सुहाङले बढाए अग्रता, १००१ काे मतान्तर
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    इलाम-२ : एमालेका सुहाङले बढाए अग्रता, १००१ काे मतान्तर

    खबरपुञ्ज संवाददाता

    १६ बैशाख २०८१, आईतवार

    काठमाडाै । इलाम-२ काे उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्बाङले अग्रता बढाउँदै गएका छन् । फाकफाेकथुम गाउँपालिका १, २, ३, ४, ५ र ६ वडाकाे मतगणना सकिदा उनले एक हजार एक मतकाे अन्तर कायम गरेका छन् ।

    उनले ३७८३ मत पाउँदा नेपाली काङ्ग्रेसका डम्बर खड्काले २७८२ मत ल्याएका छन् । त्यस्तै पहिचानवादी उम्मेदवार डेकेन्द्र थेगिमले ७८४ र राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बुले ५६१ मत ल्याएका छन् ।