सांसद श्रेष्ठद्वारा श्रमिक दिवसको शुभकामना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सांसद श्रेष्ठद्वारा श्रमिक दिवसको शुभकामना

    खबरपुञ्ज संवाददाता

    १९ बैशाख २०८१, बुधबार

    काठमाडौ । पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं सांसद कृष्णकुमार श्रेष्ठ किसानले श्रमिक दिवसको शुभकामना व्यक्त गरेका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत बुधबार शुभकामना व्यक्त गर्दै उनले श्रम नै जीवन, श्रम नै विश्वास, श्रम नै पूजा र श्रम नै प्रसाद भएको उल्लेख गरेका छन् ।

    रोजगारीको सृजना, श्रमको सम्मान, उचित पारिश्रमिक एवं सामाजिक सुरक्षालगायत श्रमिक अधिकारलाई सुनिश्चित गरी मर्यादित श्रमको वातावरण निर्माण गर्नेतर्फ अग्रसर हुन उनले आग्रह गरेका छन् ।