सन्दीप लामिछानेविरुद्धको मुद्दा फेरि स्थगित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सन्दीप लामिछानेविरुद्धको मुद्दा फेरि स्थगित

    खबरपुञ्ज संवाददाता

    २२ बैशाख २०८१, आईतवार

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले पुनरावेदन दिएको बलात्कारको मुद्दामा आइतबार पनि हेर्न नमिल्ने भएको छ । मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङ्गेलको इजलासले मुद्दा हेर्न नमिल्ने भनी आदेश गरेको हो ।

    क्रिकेटर सन्दीप लामिछानेलाई जिल्ला अदालतले ८ वर्ष कैद र जरिवानाको फैसला सुनाएको थियो । फैसलापछि दुवै पक्ष उच्च अदालत पाटन पुगेका छन् ।