


पोखरा । पौडी खेल्ने क्रममा बेपत्ता भएका बालकको शव सशस्त्र प्रहरीले फेला पारेको छ ।
पोखरा महानगरपालिका १८ खपौदीस्थित हर्पन खोलामा पौडी खेल्ने क्रममा स्थानीय १५ वर्षीय सोनम सुवेदी आइतवार दिउँसो बेपत्ता भएका थिए ।
उनीसँगै पौडी खेल्न गएका अर्का बालकले स्थानीयमार्फत सशस्त्र प्रहरीलाई जानकारी गराएपछि सशस्त्रको गोताखोर परिचालन भएको थियो ।