राजेन्द्र श्रेष्ठले भने : उपेन्द्रले समर्थन फिर्ता लिन खोजे, सरकारलाई साथ दिन्छौं
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    राजेन्द्र श्रेष्ठले भने : उपेन्द्रले समर्थन फिर्ता लिन खोजे, सरकारलाई साथ दिन्छौं

    खबरपुञ्ज संवाददाता

    २२ बैशाख २०८१, आईतवार

    काठमाडौ । जनता समाजवादी पार्टी नेपाल विभाजन गरी नयाँ दल दर्ता गर्न अशोक राईको नेतृत्वमा निर्वाचन आयोग पुगेका नेता राजेन्द्र श्रेष्ठले वर्तमान सरकारको पक्षमा उभिने बताएका छन् ।

    उपेन्द्र यादवले समर्थन फिर्ता लिन खोजेपछि विभाजनतिर लाग्नु परेको उनले बताए । ‘उपेन्द्र यादवले समर्थन फिर्ता लिन खोजे, त्यसले अस्थिरता ल्याउने भयो । त्यसैले यो कदम चाल्नु परेको हो’ श्रेष्ठले भने ।

    पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई समर्थन रहने उनले बताए । ‘मन्त्री नै यहाँ आउनुभएको छ । सरकारलाई समर्थन रहन्छ’, श्रेष्ठले भने ।

    सरकारमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव उपप्रधान एवं स्वास्थ्यमन्त्री छन् भने नवलकिशोर साह वन तथा वातावरण मन्त्री छन् ।