उपेन्द्र यादवबाट छुट्टिएर अशोक राई नेतृत्वमा गठन भएको पार्टीका यी हुन् पदाधिकारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    उपेन्द्र यादवबाट छुट्टिएर अशोक राई नेतृत्वमा गठन भएको पार्टीका यी हुन् पदाधिकारी

    खबरपुञ्ज संवाददाता

    २३ बैशाख २०८१, आईतवार

    काठमाडाै । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट विभाजन भएर अशोक राईको नेतृत्वमा जनता समाजवादी पार्टी गठन भएको छ।

    राईको अध्यक्षतामा काठमाडौंको खुसिबुँमा भएको बैठकले नयाँ दल गठन गरेको हो।  नयाँ पार्टीको केन्द्रीय समितिको अध्यक्ष अशोक राई भएका छन्। संघीय परिषद् अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ चयन भएका छन्। त्यस्तै, रेणु कुमारी यादव सह-अध्यक्ष छिन्।

    त्यस्तै, हालका वनमन्त्री नवल किशोर साह सुडी, रणध्वज लिम्बु, परशुराम बस्नेत र सुशीला श्रेष्ठ उपाध्यक्ष बनेका छन्। महासचिवको जिम्मेवारी मोहम्मद इश्तियाक राईले पाएका छन्।

    त्यस्तै, प्रदीप यादव उपमहासचिव बनेका छन्। दिपक कार्की र रञ्जु ठाकुर सचिव भएका छन्। विरेन्द्र महतो कोषाध्यक्ष बनेका छन्। पदाधिकारीपछि १८ जना केन्द्रीय सदस्य रहेका छन्।

    यस्ता छन् पदाधिकारीहरू:

    440064361_458295569915419_639233287875251607_n-1714918843.jpg