पिएसजीलाई हराउँदै डर्टमन्ड फाइनलमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    पिएसजीलाई हराउँदै डर्टमन्ड फाइनलमा

    खबरपुञ्ज संवाददाता

    २६ बैशाख २०८१, बुधबार

    काठमाडौ । जर्मन क्लब बोरुसिया डर्टमन्ड युरोपियन च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ।

    सेमिफाइनलमा  फ्रेन्च क्लब पिएसजीलाई समग्रमा २-० गोलले पराजित गर्दै  डर्टमन्ड उपाधि नजिक पुगेको हो।

    सेमिफाइनलको दोस्रो लेगमा डर्टमन्ड १-० गोलले विजयी भयो। पिएसजीको मैदानमा भएको खेलमा डर्टमन्डका लागि मार्ट हमल्सले ५० मिनेटमा निर्णायक गोल गरे।

    यसअघि पहिलो लेगमा पनि डर्टमन्डले फ्रेन्च क्लब पिएसजीलाई पराजित गरेको थियो।