एमाले तनहुँको अधिवेशन र आगामी नेतृत्व
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विचार

    एमाले तनहुँको अधिवेशन र आगामी नेतृत्व

    आरके पाेख्रेल

    २६ बैशाख २०८१, बुधबार

    नेपाली बाम आन्दोलनको नेतृत्वदायी पार्टी, नेपाली जनताको लोकप्रिय पार्टी नेकपा एमाले तनहुँले यहि बैशाख २८ र २९ गते जिल्ला अधिवेशनको गर्दैछ । हालसम्मको तयारीलाई हेर्दा गण्डकीकै उत्कृष्ट जिल्ला अधिवेशन गर्ने तथा अधिवेशनलाई भब्य र सभ्य बनाउने गरि एमाले तनहुँ तयारीमा जुटेको छ। नेकपा एमाले तनहुँको हुँदै गरेको जिल्ला अधिवेशनलाई देशै भरिबाट समेत नियाली रहेको अवस्था छ ।

    जिल्लाको सदमुकाम दमौलीमा हुन गैइरहेको एमाले को १० औं जिल्ला अधिवेशन तनहुँका प्रगतिशील व्यक्तित्वहरु, बामपंथी बुद्धिजीवीहरु प्रगतिशील विद्यार्थी, लाखौ युवा जगत मजदुर, श्रमजीवी सर्वहाराको लागि समेत ऐतिहासिक क्षण बन्न पुगेको छ । आज लाखौं युवा- विद्यार्थीहरु पासपोर्ट बोकेर बिमानस्थल पुगेको बेला विशेषगरि तनहुँका युवाहरुलाई कसरी देशमा नै बस्ने वातावरणको सृजना गर्ने तथा समग्र युवा पुस्तालाई राजनीतिप्रति आकर्षण कसरी गर्ने भन्ने खालको समेत रणनीति बनाउन र तनहुँका लाखौं युवाहरुलाई आशा भरोसा र विश्वासिलाे आधार निर्माण गर्नका लागि समेत यो अधिवेशनले महत्त्वपूर्ण भुमिका खेल्नेछ । आज युवा पुस्ताले राजनीतिप्रति त्यति चासो दिन खोजेका छैनन् । नीति सिद्धान्त भन्दापनि लहड कै भरमा च्याउ जस्तै, उभिने गतिलो आड भरोसा बिना उम्रिएका दलहरु प्रती बेतुके गफ कै भरमा स्याल हुँईया गर्नेहरुप्रती लहसिन थालेको देखिन्छ ।

    हामी ठिक यही परिस्थितिमा,यहि बेलामा १० औं जिल्ला अधिवेशनको संघारमा जुटिरहेको छौ। हुन त राज्य चलाउने तालमेलको नितिलाई नै राजनीति भनिन्छ । politices is dirty game भन्ने हरुपनी समाजमा अधिक छन् । सहि नेतृत्व र दिशानिर्देश भयो भने politices is main system of society हुने गर्दछ। राजनीति भनेको समाजको बागडोर नै हो । यहाँ राजनीति गर्नेहरुले राज मात्रै गर्न खोजेकै कारण आज राजनीतिप्रति घृणा र बितृष्णा पैदा भएको हामीले पाएका छौ । एकातिर राजनीतिप्रति अविस्वासको खाडल पर्दै गएको हो कि भन्ने जस्तो देखिन पुगेको छ भने अर्कोतिर ” बनमासा ” जस्तो दिगो नहुने तर देखिँदा हरियाली देखिन खोज्नेहरुले भ्रमको खेती गर्दै कुदिरहेका छन् यो दुबै परिस्थिति छ । आज बामपंथी आन्दोलनले उचाई चुम्न लागेको बेला देशी बिदेशि दलाल- पुजीवादी शक्तिकेन्द्रहरुले फुटाउ र शासन गर भन्ने नीति अनुरुप बामपंथी आन्दोलनलाई चिरा पार्न खोज्ने षड्यन्त्र गरिरहेका छन् । हाम्रो यो अधिवेशन असल संस्कार निर्माण गर्ने तथा सबै खालको उत्तर दिन सक्ने स्पातिलो नेतृत्व निर्माण गर्न सक्ने विचारले पोख्त र बामपंथी आन्दोलनलाई डोर्‍याउन सक्ने, प्रगतिशील आन्दोलनको मर्म भावनालाई बुझ्न सक्ने, मजदुर सर्वहारा,श्रमजीवीको मर्म भावनाको कदर हुन सक्ने खालको नेतृत्व निर्माण एमाले तनहुँको आवश्यकता छ । चरम निराशामा रहेको समग्र तनहुँको बाम आन्दोलनलाई आशा र विस्वासमा परिणत गर्नको लागि समेत दुरदर्शी नेतृत्व निर्माण गर्नुपर्ने छ । आज चरम दक्षिणपन्थी अवसरबादलाई परास्त गर्दै उग्रवामपन्थीबादका विरुद्ध निराशामा बदलिन खोजेको कम्युनिस्ट आन्दोलनलाई हिजो मदन भण्डारीले नेतृत्व गरेजस्तै तनहुँको बाम आन्दोलनलाई एकाकार गर्न सक्ने नेतृत्व निर्माण नै आजको आवस्यकता हो । आफु राम अरु सबै हराम देख्ने नेपाली राजनीतिक परिवेशमा सबैको मर्म र भावनाको संमान गर्दै सर्वसम्मत नेतृत्व निर्माण नै आजको आवस्यकता रहेको छ । आगामी एमाले तनहुँको १० औं जिल्ला अधिवेशन राजनीतिक प्रतिको आस्था र विश्वासकाे द्रविलो खम्बा बन्नेछ यहि आशा र विस्वास गरौं अधिवेशनको हार्दिक शुभकामना ।