अब मालपोत र नापी सेवा स्थानीय तहबाटै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    अब मालपोत र नापी सेवा स्थानीय तहबाटै

    खबरपुञ्ज संवाददाता

    ३१ बैशाख २०८१, मंगलवार

    काठमाडाै । सरकारले मालपोत र नापीसम्बन्धी सेवा स्थानीय तहबाट नै गर्ने कार्यक्रम बनाएको छ । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दे राष्ट्रपति रामचन्द्र पौडेलले मालपोत तथा नापीसम्बन्धी सेवा अब स्थानीय तहबाटै गर्ने बताए । 

    उनले घरजग्गा कारोबार पनि व्यवस्थित गरिने बताए । यस्तै राष्ट्रपति चुरे कार्यक्रम म पनि प्रभावकारी बनाउने बताए । 

    मालपोत र नापी सेवा जिल्ला प्रशासन कार्यालयबाट मात्र उपलब्ध हुने गरेको थियो ।