संसदीय समितिको टीओआर टुंग्याउन बसेको कार्यदलको बैठक निष्कर्षविहीन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    संसदीय समितिको टीओआर टुंग्याउन बसेको कार्यदलको बैठक निष्कर्षविहीन

    खबरपुञ्ज संवाददाता

    ९ जेष्ठ २०८१, बिहीबार

    काठमाडौं । सहकारीको रकम अपचलनबारे छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश (टीओआर) टुंगो लगाउन बसेको कार्यदलको बैठक निष्कर्षविहीन भएको छ ।

    बैठकपछि एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले भोलि बिहान फेरि बस्ने गरी उठेको बताए ।उनका अनुसार बैठक भोलि बिहान ८ः३० बजे बस्नेछ ।

    उनले भने, ‘कांग्रेसले गृहमन्त्रीको नाम नै किटान गर्नुपर्छ भन्दै आएको थियो। त्यो विषयमा थोरै लचकताका साथको प्रस्तुति रह्यो। उहाँहरूको आन्दोलनको सम्बोधन ठिक ढंगबाट होस् भन्ने चाहना। हामी पनि आज पनि छलफल गर्छौँ। उहाँहरू पनि गर्नुहुन्छ।’

    उनले भोलिको बैठक कार्यदलको अन्तिम बनाएर ११ बजे सदन चलाउनेगरी आउन आफूहरुले भनेको बताए ।