बार्सिलोनाका प्रशिक्षक जाभी बर्खास्त
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    बार्सिलोनाका प्रशिक्षक जाभी बर्खास्त

    खबरपुञ्ज संवाददाता

    १० जेष्ठ २०८१, शुक्रबार

    काठमाडौ । स्पेनिस क्लब बार्सिलोनाले प्रशिक्षक जाभीलाई बर्खास्त गरी जर्मन क्लब बायर्न म्युनिखका पूर्व प्रशिक्षक हान्सी फ्लिकलाई उनको स्थानमा नियुक्त गरेको छ।जाभीले आइतबार अन्तिम पटक बार्सिलोनाको जिम्मेवारी सम्हाल्नेछन्, जब उनीहरूले सिजनको अन्तिम ला लिगा खेलमा सेभिल्लासँग खल्नेछन्।

    २०२५ सम्म करारमा रहेका ४४ वर्षीया जाभीलाई शुक्रबार क्लबका अध्यक्ष जोन लापोर्टा र खेलकुद निर्देशक डेकोसँगको बैठकमा क्लबको निर्णयको बारेमा जानकारी दिइएको थियो।  पूर्व स्पेनी मिडफिल्डर जाभीले जनवरीमा बार्सिलोना छोड्ने घोषणा गरेका थिए। तर अप्रिलमा लापोर्टाले उनलाई क्लबमा राख्न सहमत गराएका थिए।