राजस्थानलाई हराउँदै हैदरावाद आईपिएलको फाइनलमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    राजस्थानलाई हराउँदै हैदरावाद आईपिएलको फाइनलमा

    खबरपुञ्ज संवाददाता

    १० जेष्ठ २०८१, शुक्रबार

    काठमाडौ । इन्डियन प्रिमियर लिग (आईपिएल) २०२४ को फाइनलमा कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुने भएको छ ।

    आज भएको दोस्रो क्वालिफायरमा हैदरावादले राजस्थान रोयल्सलाई ३७ रनले हराउँदै फाइनलमा कोलकातासँगको भेट पक्का गरेको हो ।

    हैदरावादले दिएको १७६ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १३९  रन मात्र बनाउन सक्यो ।

    हैदरावाद पहिलो क्वालिफायरमा कोलकाता नाइट राइडर्ससँग आठ विकेटले पराजित भएका थियो । यता राजस्थानले भने इलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंग्लोरु (आरसिबी)लाई ४ विकेटले हराएको थियो। आईपिएलको फाइनल आइतबार हुँदैछ।