कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

    खबरपुञ्ज संवाददाता

    १३ जेष्ठ २०८१, सोमबार

    काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले अनुमति दिएको छ ।

    अदालतका न्यायाधीश यदुराज शर्माको एकल इजलासले सिरोहियालाई थप तीन दिन हिरासतमै राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

    उच्च रक्तचाप र मुटुसम्बन्धी समस्या देखिएपछि सिरोहिया प्रहरीको निगरानीमा तीन दिनदेखि काव्या अस्पताल उपचाररत छन् । उनलाई आज अस्पतालबाट एम्बुलेन्समा अदालत ल्याइएको थियो ।