गण्डकीका मुख्यमन्त्री अधिकारीको नियुक्ति बदर
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    गण्डकीका मुख्यमन्त्री अधिकारीको नियुक्ति बदर

    खबरपुञ्ज संवाददाता

    १३ जेष्ठ २०८१, सोमबार

    काठमाडौ। सर्वोच्च अदालतले गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारीको नियुक्ति र उनले लिएको विश्वासको मत संविधानसम्मत नभएको ठहर गरेको छ।

    अधिकारी नेतृत्वको सरकारविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटमा सोमबार न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासले रिट जारी गरेको हो ।

    नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता सुरेन्द्र पाण्डेले दायर गरेको रिटमा अघिल्लो सातादेखि बहस भइरहेको थियो ।