म्याग्देका महिलालाई मकैको खोस्टाबाट सामग्री उत्पादन तालिम
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    म्याग्देका महिलालाई मकैको खोस्टाबाट सामग्री उत्पादन तालिम

    खबरपुञ्ज संवाददाता

    १४ जेष्ठ २०८१, मंगलवार

    दमाैली । तनहुँको म्याग्दे गाउँपालिकाका महिलालाई मकैको खोस्टाबाट हस्तकला सामग्री उत्पादनका लागि तालिम दिइएको छ । ओम राजश्री मल्टी एग्रो प्रालिको प्राविधिक सहयोगमा गाउँपालिकाले महिलालाई मकैको खोस्टाबाट विभिन्न सामग्री बनाउन सिकाएको हो ।

    तालिमबाट महिलाहरुले स्थानीय स्रोत साधनको प्रयोग गरी आकर्षक झोला, टोपी लगायतका सामग्री उत्पादन गर्न सक्ने भएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । खेर जाने मकैको खोस्टालाई प्रयोग गरी सामग्री बनाउने र सामग्री विक्री गरी आम्दानी गर्न सकिने भएकाले महिलालाई सीपमूलक तालिम दिइएको उनको भनाइ छ ।

    एक महिनासम्म सञ्चालित तालिमका सहभागीलाई प्रमाणपत्र वितरण गर्दै गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले महिलालाई उद्यमसँग जोड्न सीपमूलक तालिम दिइएको बताए । उनले भने, “हरेक व्यक्ति उद्यमसँग जोडिनुपर्छ । गाउँपालिकाले उद्यम गर्न चाहने सबैलाई माग अनुसारको तालिम दिइरहेको छ ।”

    खेर जाने मकैको खोस्टाको सदुपयोग गरी आम्दानी गर्न सक्ने भएकाले महिलाहरु यसतर्फ आकर्षित भएको गाउँपालिकाका अधिकृत प्रदीप न्यौपानेले जानकारी दिए ।