प्रशासनमा सेवा लिन आएका ज्येष्ठ नागरिकलाई सुदीपले खाना खुवाए (फाेटाे/भिडिओ सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    प्रशासनमा सेवा लिन आएका ज्येष्ठ नागरिकलाई सुदीपले खाना खुवाए (फाेटाे/भिडिओ सहित)

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमाैली । जिल्ला प्रशासन कार्यालय तनहुँमा सेवा लिन आएका ज्येष्ठ नागरिकलाई युवा अभियान्ता सुदीप गफ्फारले खाना खुवाउने व्यवस्था मिलाएका छन् । राष्ट्रिय परिचयपत्रका लागि बिहान ६ बजेदेखि आएका सर्वसाधारणलाई गफ्फारले शुक्रबारदेखि खाना खुवाउन थालेका हुन् ।

    एकाबिहानैदेखि कार्यालयमा आएर घण्टौसम्म पनि सेवा नपाउने अवस्था रहेको र भोकभोकै बस्नुपर्ने बाध्यता रहेकाले खाना खुवाउने व्यवस्था मिलाएको उनले बताए । उनले भने, “बुबाआमाहरु टाढा टाढाबाट बिहान ४÷५ बजेदेखि प्रशासन कार्यालय आइरहनुभएको छ । उहाँहरुलाई खाना खाने समय पनि नमिलेको भएर निःशुल्क खाना खुवाउने व्यवस्था मिलाइएको छ ।”

    सहज रुपमा राष्ट्रिय परिचयपत्र प्राप्त नभइन्जेल र ज्येष्ठ नागरिकलाई खानाको समय नमिल्दासम्म खाना खुवाउने उनको भनाइ छ । पहिलो दिन ९० जनाले खाना खाएको उनले बताए ।

    प्रशासनमा सेवा लिन आएकी व्यास नगरपालिका–७ हरिमाया बानियाँले निःशुल्क भोजनको व्यवस्था गरेर पुण्यको काम गरेको बताइन् । उनले भनिन्, “बिहान ६ बजेदेखि प्रशासनमा आएर लाइन बसेको र खाना खानका लागि कता जाने भन्ने थियो, निःशुल्क खाना खुवाउने व्यवस्था छ भन्ने सुनेर हामी तीन जना आएर खायौ ।”

    Video का लागि क्लिक गर्नुहाेस्

    https://fb.watch/spfYvt1wU5/