सिक्किममा चल्यो एसकेएमको जादु : ३२ सिटमध्ये ३१ मा जित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सिक्किममा चल्यो एसकेएमको जादु : ३२ सिटमध्ये ३१ मा जित

    खबरपुञ्ज संवाददाता

    १९ जेष्ठ २०८१, आईतवार

    काठमाडौँ । सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) ले सिक्किम विधानसभामा एकतर्फी जित हात पारेको छ । अप्रिल १९ मा भएको विधानसभा चुनावको नतिजा आइतबार आएको हो । भारत निर्वाचन आयोगका अनुसार एसकेएमले ३१ सिटमा जित हात पारेको छ । त्यस्तै पूर्वमुख्यमन्त्री पवन चाम्लिङ नेतृत्वको सिक्किम डेमोक्रेटिक फ्रन्टले १ सिटमा चित्त बुझाउनु परेको छ ।

    पूर्वमुख्यमन्त्री चाम्लिङ आफैं दुवै क्षेत्रबाट पराजित भएका छन् । पोक्लोक-कामराङ विधानसभा क्षेत्रमा पूर्वमुख्यमन्त्री चाम्लिङ सिक्किम क्रान्तिकारी मोर्चा(एसकेएम) का भोजराज राईसँग पराजित भएका हुन् । राईसँग चाम्लिङ ३ हजार ६३ मतको अन्तरले पराजित भएका हुन् । राईले ८ हजार ३७ मत ल्याउँदा चाम्लिङले ४ हजार ९ सय ७४ मत मात्र प्राप्त गरे । यस क्षेत्रमा भारतीय जनता पार्टीका अर्जुन राईले ७ सय ३९ मत ल्याए ।

    पूर्वमुख्यमन्त्री चाम्लिङ नाम्चेबुङ क्षेत्रबाट पनि पराजित भएका छन् । उनलाई यस क्षेत्रमा एसकेएमका राजु बस्नेतले हराएका हुन् । बस्नेतले ७ हजार १ सय ९५ मत ल्याउँदा चाम्लिङले ४ हजार ९ सय ३९ मत प्राप्त गरेका छन् । वर्तमान विधानसभामा चाम्लिङ एसडीएफका एक्ला सांसद थिए । स्यारी विधानसभा क्षेत्रमा एसकेएमका कुंगा निमा लेप्चालाई हराउँदै एसडीएफका तेन्जिङ नोर्बु लाम्ठा विजयी भएका छन् ।