टी-२० विश्वकप : पाकिस्तानमाथि अमेरिकाको जित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    टी-२० विश्वकप : पाकिस्तानमाथि अमेरिकाको जित

    खबरपुञ्ज संवाददाता

    २४ जेष्ठ २०८१, शुक्रबार

    काठमाडौ । आइसिसी  टी-२० विश्वकपमा घरेलु टिम अमेरिकाले लगातार दोस्रो खेलमा जित निकालेको छ।

    बिहीबार ग्रान्ड प्रिएरीमा भएको खेलमा अमेरिकाले पाकिस्तानलाई सुपर ओभरमा पराजित गरेको हो।

    सुपर ओभरमा पहिले ब्याटिङ गरेको अमेरिकाले १८ रन जोडेको थियो। त्यसपछि ब्याटिङ गरेको पाकिस्तानले १३ रन मात्र जोड्न सक्यो।

    त्यसअघि २० ओभरमा पाकिस्तानले सात विकेटको क्षतिमा १५९ रन जोडेको थियो। पाकिस्तानको लागि कप्तान बाबर आजमले ४४ र सादब खानले ४० रन जोड्न सके।

    जवाफी ब्याटिङ गरेको अमेरिकाले पनि तीन विकेटको क्षतिमा १५९ रन नै जोडेपछि खेल सुपर ओभरमा पुगेको थियो। अमेरिकाका लागि कप्तान मोनांक पटेलले ५० रन र आरोन जोन्सले ३६ रन बनाए।

    लगातार दोस्रो जितेपछि अमेरिकाको सुपर-८ सम्भावना  बलियो भएको छ।

    पहिलो खेलमा नै पराजित भएपछि पाकिस्तानलाई सुपर-८ मा पुग्न दबाब पुगेको छ।‌ अब पाकिस्तानले दोस्रो खेल चिरप्रतिद्वन्द्वी भारतसँग खेल्दैछ।  भारतले पहिलो खेलमा आयरल्याण्डलाई हराएको थियो।