टी-२० विश्वकप खेल्न वेस्ट इन्डिज पुगे सन्दीप
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    टी-२० विश्वकप खेल्न वेस्ट इन्डिज पुगे सन्दीप

    खबरपुञ्ज संवाददाता

    २७ जेष्ठ २०८१, सोमबार

    काठमाडौ ।  टी-२० विश्वकपमा सहभागी हुन क्रिकेटर सन्दीप लामिछाने वेस्ट इन्डिज पुगेका छन् । वेस्ट इन्डिजमा नेपालले खेल्ने दुई म्याचमा उनको सहभागिता निश्चित भएको छ ।

    उनलाई क्यानले वेष्ट इण्डिजमा हुने खेलमा समावेश गरेसँगै उनी सोमबार वेस्ट इन्डिज पुगेका हुन् । अमेरिकाले भिसा नदिएपछि रोकिएका उनी वैकल्पिक बाटोबाट वेस्ट इन्डिज गएकाे क्यान स्राेतले बतायाे । अमेरिकामा नेपालले खेल्ने दुई म्याच उनले गुमाए पनि वेस्ट इन्डिजमा उनले खेल्न पाउने भएका छन् ।

    फास्ट बलर प्रतिश जिसीलाई रिजर्भमा राखेर सन्दीपलाई नेपालको स्क्वाडमा समावेश गर्न आइसीसीले अनुमति दिएको छ ।