विभिन्न ठाउँमा डुबेर पॉचको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    विभिन्न ठाउँमा डुबेर पॉचको मृत्यु

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    काठमाडौँ । धनुषा र पर्सालगायत देशका विभिन्न स्थानमा ५ जनाको मृत्यु भएको छ ।

    धनुषा, सबैला नगरपालिका-१० सिमडारीस्थित पोखरीमा डुबेर सोही ठाउँ बस्ने बास लाल भन्ने जितेन्द्र मुखियाको छोरा २ वर्षीय कुश कुमार मुखियाको शुक्रबार दिउँसो मृत्यु भएको छ । नुहाउने क्रममा डुबेर अशक्त भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । 

    पर्सा, जगरनाथपुर गाउँपालिका-१ पिडारी र पाण्डेपुरको बिचमा रहेको चमरी खोलाको ड्याममा नुहाउने क्रममा डुबेर सोही ठाउँ बस्ने जोगी राउत गद्धीको छोरा १० वर्षीय अब्दुल कलाम गद्धीको शुक्रबार दिउँसो मृत्यु भएको छ ।

    प्युठान, प्युठान नगरपालिका-९ गुरी गाउँ बस्ने २८ वर्षीय बामदेव केसीको छोरा १५ महिनाको अर्बिन केसीको सोही ठाउँस्थित कुलोमा डुबेर शुक्रबार दिउँसो मृत्यु भएको छ । डुबेर अशक्त भएका उनको जिल्ला अस्पताल बिजुवार प्युठानमा उपचारको क्रममा मृत्यु भएको हो ।

    सिरहा, अर्नामा गाउँपालिका-३ हर्कट्टास्थित पोखरीमा डुबेर धनगढिमाई नगरपालिका-१० घर भएकी निलम कुमारी महतोको छोरा २ वर्षीय रिमान्स महतोको शुक्रबार दिउँसो मृत्यु भएको छ । डुबेर अशक्त भएका उनको उपचारको लागि लाइफ लङ्ग अस्पताल गोलबजारतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । 

    नवलपरासी पूर्व, विनयी त्रिवेणी गाउँपालिका-२ स्थित नारायणी नदीमा डुबेर सोही ठाउँ बस्ने चन्दन गुप्ताकी छोरी १३ वर्षीया आँचल गुप्ताको शुक्रबार दिउँसो मृत्यु भएको छ । डुबेर अशक्त भएकी उनको सुरवी मेडिकल केयर भारतमा उपचारको क्रममा मृत्यु भएको हो ।