चितवनको खोलेसिमलमा हतियार देखाएर सुनचाँदी पसल लुटपाट, सिसिटिभी पनि चोरी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    चितवनको खोलेसिमलमा हतियार देखाएर सुनचाँदी पसल लुटपाट, सिसिटिभी पनि चोरी

    खबरपुञ्ज संवाददाता

    २ असार २०८१, आईतवार

    चितवन । चितवनको कालिका नगरपालिका ६ स्थित खोलेसिमल बजारमा हतियार देखाएर सुनचाँदी पसल लुटपाट भएको छ । शनिवार साँझ ८ः४० बजेको समयमा अज्ञात समूहले बिनोद सुनारले संचालन गरेको बिनोद सुनचाँदी पसलमा लुटपाट गरेको हो । लुटेरा समूहले सिसिटिभी रेकर्ड हुने डिभाइससमेत चोरेर लगेको प्रहरीले जनाएको छ ।

    पसलबाट ३५ केजी चाँदी, ३ केजी सुन र नगद २ लाख रुपैंया चोरी भएको छ । चोरी भएको भनिएको मध्येको ७७६.८१ ग्राम सुन पसलमै फेला परेको प्रहरीले जनाएको छ ।

    हरेक महिनाको १ गते खोलेसिमल बजार बन्द हुने गरेको छ । शनिबार सुनचाँदी पसल भने खुला थियो । पसल बन्द गर्ने समय पारेर लुटपाट गरिएको हुनसक्ने प्रहरीले जनाएको छ । पसल लुटपाट गर्ने समयमा संचालक नरहेको र कामदारमात्र रहेको जनाइएको छ ।