मनकामना केबलकार ५० दिन बन्द हुने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    मनकामना केबलकार ५० दिन बन्द हुने

    खबरपुञ्ज संवाददाता

    २ असार २०८१, आईतवार

    गोरखा । गोरखाको मनकामना केबुलकार ५० दिनका लागि बन्द हुने भएको छ । मनकामना दर्शन प्रा.लि.ले एक सूचना जारी गर्दै यही असार ३१ गतेदेखि असोज १० गतेसम्मका लागि सेवा बन्द हुने जनाएको हो ।

    प्रा.लिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले केबुलकार मर्मत संभार र स्तरोन्नतीका लागि सेवा बन्द गर्नुपरेको जानकारी दिए ।

    सो अवधिमा केबुलकारको डिजिटल प्रणालीको स्तरोन्नति र केबुल तार फेर्ने कार्य हुनेछ ।