स्कटल्याण्डमाथि अस्ट्रेलियाको सहज जित, इङल्याण्ड सुपर ८मा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    स्कटल्याण्डमाथि अस्ट्रेलियाको सहज जित, इङल्याण्ड सुपर ८मा

    खबरपुञ्ज संवाददाता

    २ असार २०८१, आईतवार

    काठमाडौं । अस्ट्रेलियाले स्कटल्याण्डलाई पराजित गरेसँगै इङल्याण्ड जारी टी-२० विश्वकपको सुपर ८ मा पुगेको छ।

    आइतबार सम्पन्न खेलमा अस्ट्रेलियाले स्कटल्याण्डलाई ५ विकेटलाई पराजित गरेको हो।

    स्कटल्याण्डले दिएको १८१ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले १९.४ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो। यस अघि स्कटल्याण्डले पहिला ब्याटिंग गर्दै २० ओभरमा ५ विकेट गुमाउदै १८० रन बनाएको थियो।

    यो जितसँगै अस्ट्रेलिया समूह बी मा आफ्ना चारै खेल जितेर ८ अंकसहित शीर्ष स्थानमा रहेर सुपर ८मा पुगेको छ। त्यस्तै समूह बी बाट इङल्याण्डले ४ खेलमा २ जित एक हार र एक खेल वर्षाले रद्ध हुँदा ५ अंकसहित दोस्रो हुँदै सुपर ८ मा पुगेको छ।

    त्यस्तै, स्कटल्याण्डको ४ खेलमा ५ अंक रहेपनि रनरेटको आधारमा पछि पर्दै तेस्रो भएपछि विश्वकपको समूह चरणबाट बाहिरिएको छ।