आँबुखैरेनी गाउँपालिकामै राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन गरिने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आँबुखैरेनी गाउँपालिकामै राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन गरिने

    खबरपुञ्ज संवाददाता

    २ असार २०८१, आईतवार

    दमाैली । जिल्ला प्रशासन कार्यालय तनहुँमा ज्येष्ठ नागरिकको भीड कम गर्न आँबुखैरेनी गाउँपालिकामा राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन हुने भएको छ ।

    प्रशासन कार्यालयमा दैनिकजसो ज्येष्ठ नागरिकको भीड बढेपछि प्रशासनले आँबुखैरेनीबाटै विवरण सङ्कलन गर्न लागेको हो । असार ४ गतेदेखि पालिकामै राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन सुरु गरिने गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।

    चुमानले यस ठाउँका ज्येष्ठ नागरिकलाई सदरमुकामसम्म पुगेर राष्ट्रिय परिचयपत्र विवरण दर्ताका लागि असहज भएपछि पालिकामै व्यवस्था गर्न लागिएको जानकारी दिए। उनले भने, “ज्येष्ठ नागरिकहरु बिहानैदेखि गएर प्रशासन कार्यालयमा लाइन बसेर विवरण दर्ता गर्न निकै सास्ती भइरहेको छ । प्रशासनको व्यवस्थापनमा असार ४ गतेदेखि पालिकामै यो व्यवस्था सुरु हुँदैछ ।”